Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


४०० बढी कोरियाली बौद्धमार्गी एकैपटक कपिलवस्तुमा


0
Shares

उनीहरुले शुक्रबार तिलौराकोट, भमनिया जोडी स्तुप र निग्रोधराम कुदानमा पुगी सामूहिक प्रार्थना गरेका हुन् । उनीहरुले मैनबत्ती बालेर प्रार्थना र पाठ गरेका थिए ।

कोरियाको सियोलबाट लुम्बिनी हुँदै उनीहरु यहाँ आएका हुन् ।

निग्रोधराममा सामूहिक प्रार्थना सकेर लुम्बिनी फर्कनेक्रममा कोरियाको सियोलस्थित एएसटी पोस्टमा रहेको बिहारका मुख्य भिक्षु पिउ परुन सनीमले बुद्धको क्रिडास्थल आउन पाउनु शौभाग्यको कुरा भएको बताए ।

आफ्नै आँखाले बुद्धस्थल हेरेर सामूहिक प्रार्थना गर्ने अवसर पाउनु आफैंमा महत्वपूर्ण कुरा रहेको उनले सुनाए ।

‘यो पवित्र स्थलहरुको प्रबद्र्धन र संरक्षण गर्नुपर्छ’–उनले भने–‘त्यसका लागि सक्दो सहयोग गर्न तयार छु ।’

आफ्ना देशका हजारौं बौद्धमार्गी कपिलवस्तु आउन चाहेको बताउँदै उनले भने–‘यहाँका बुद्धस्थलमा भ्रमण गर्न बाटोघाटो असुविधा रहेकाले आउजाउ गर्न समस्या पर्छ ।’

कोरियाबाट हरेक वर्ष बुद्धस्थलहरुको भ्रमण गर्न ठूलो संख्यामा बौद्धमार्गीहरु नेपाल आउने गर्दछन् ।

तिलौराकोट बुद्धको क्रिडास्थल र जोडी स्तुपलाई बुद्धका मातापिताको समाधिकारुपमा मानिएको छ ।

निग्रोधराम कुदानमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि छोरा राहलुसहित थुप्रै बौद्धमार्गीलाई पहिलोपटक देशना दिएको स्थलकारुपमा परिचित छ ।

Skip This