१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


प्रसूतिगृहको चमेनागृहमा आगोलागी


0
Shares

अस्पतालका प्रशासक रानु थापाले अपराह्न १ बजेतिर लागेको आगोका कारण मानवीय क्षति नभएपनि भान्छामा रहेका सामान र भाँडा जलेको बताइन् ।

अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङकाअनुसार ग्यास सिलिन्डरको रेगुलेरबाट चुहिएको ग्यासका कारण आगोलागी भएको हो ।

‘आगोलागीबाट अरु कुनै भौतिक क्षति भएको छैन, हामीले दमकल पनि बोलाएका थियौं तर दमकल आउनुपूर्व नै अस्पतालका कर्मचारीले आगो नियन्त्रणमा लिइसकेका कारण कुनै क्षति हुन भने हुन पाएन’–उनले भने ।

आगोलागीको हल्लाले केहीबेर अस्पतालमा भागदौड भएको थियो । रासस