काठमाडौं, मंसिर २४ । सोमबार पनि सेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १२ अंकले सकारात्मक रहेर ११ सय ४४ कायम भयो ।
पछिल्ला दिनका तुलनामा कारोबारमा पनि केही सुधार आयो ।
उत्पादनमूलक र अन्य सामान्य अंकले रातो रहेबाहेक अरु सबै समूह हरियो रहे । जीवनबिमा समूह सबैभन्दा उच्च ९८ अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूह ७२ अंकले बढ्यो । होटल, लघुवित्त, विकास बैंक र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १२ लाख ६४ हजार कित्ता सेयर ४४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्