
काठमाडौं, मंसिर २४ । युरोपेली युनियनको न्यायिक अदालतले बेलायतले इयूका २७ सदस्य राष्ट्रको अनुमति नलिइ इयूबाट बहिर्गमन गर्ने विषय रद्ध गर्नसक्ने फैसला गरेको छ ।
सोमबार सो अदालतले ‘ब्रेक्जिट’को निर्णयमा पुनःविचार गर्न र युनियनमा रहनसक्ने फैसला गरेको हो ।
अदालतले दिएको आदेशमा कुनै सदस्य राष्ट्रले बहिर्गमनको आदेशलाई अर्को सूचना दिएर पुनः इयूमा आबद्ध हुनसक्ने उल्लेख छ ।
बेलायती प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिटबाट बहिर्गमन गर्ने विषयमा सांसदहरुले मतदान गर्नु एक दिनअघि अदालतले यस्तो फैसला सुनाएको हो ।
सांसदहरुले प्रधानमन्त्री मेको प्रस्ताव अस्वीकार गर्ने अनुमान गरिएको छ ।
बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा इयूको सदस्यता त्याग्ने पक्षमा झिनो बहुमत प्राप्त भएको थियो ।
स्कटल्यान्डका केही सांसदहरुले बेलायतको बहिर्गमनका विषयमा पुनःविचार गर्नेगरी युरोपेली न्यायिक अदालतमा अनुरोध गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्