५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


सरकार ट्रेड युनियन कांग्रेस समाप्त पार्ने षडयन्त्रमा : निधि


0
Shares

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारले दुईतिहाइको दम्भ देखाएर ट्रेड युनियन कांग्रेससँग आबद्ध कर्मचारीलाई दुःख दिन थालेको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेशका अध्यक्ष विनोद कार्कीको ४५औं दिनको पुन्यतिथिको अवसरमा सोमबार आयोजित कार्यक्रममा निधिले सरकार ट्रेड युनियन कांग्रेसलाई समाप्त पार्ने षडयन्त्रमा लागेको जिकिर गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाललगायतले ट्रेड युनियनमा स्व. कार्कीले दिएको योगदानको चर्चा गरेका थिए ।

ट्रेड युनियनसँग आवद्ध विभिन्न युनियनहरुले संकलन गरेको आर्थिक सहयोग कार्कीका श्रीमतीलाई हस्तान्तरण गरिएको थियो ।

कार्कीको काभ्रेमा गाडी दुर्घटनामा परी निधन भएको थियो ।