२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश–२ मा ९ जनाको मनोनयन दर्ता (नामावली)


0
Shares

मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल रहेका छन् ।

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय जनकपुरमा मनोनयन दर्ता गर्नेमा एमाले र माओवादीको वाम गठबन्धनबाट तीनजना रहेका छन् ।

यस्तै, कांग्रेसबाट दुई, राजपाबाट दुई र फोरमबाट दुईजनाले मनोनयन दर्ता गराएका छन् ।

वाम गठबन्धनबाट माओवादी केन्द्रका शशीकला दाहाल, सुमन प्याकुरेल, नरेन्द्र साह छन् भने कांग्रेसबाट मुक्ता यादव र जितेन्द्रनारायण देव छन् ।

राजपाबाट वृषेशचन्द्र लाल र रमेश यादव छन् भने फोरमबाट प्रमिला यादव र रामप्रीत पासवान रहेका छन् ।

बिहान १० बजेदेखि मनोनयन खुला गरिएको भएपनि दिउँसो १२ बजेपछिमात्र दलहरुले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रदेश–२ मा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ३ सय ७९ जना मतदाता रहेका छन् ।