
६ नम्बर प्रदेशमा ८ सिटका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् ।
वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वाम गठबन्धनतर्फ नेकपा एमालेबाट ५ र माओवादी केन्द्रबाट ३ गरी ८ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट ४ जनाकोमात्र उम्मेदवारी परेको छ ।
एमालेबाट नरपति लोहार, नन्दा चपाइँ, कविता बोगटी, भैरवसुन्दर श्रेष्ठ र ठकेन्द्रप्रसाद पुरी तथा माओवादी केन्द्रबाट कालिबहादुर मल्ल, जीवनबहादुर बुढा र युटुल तामाङले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, कांग्रेसबाट गोपालप्रसाद शर्मा, विष्णु शाही, सूर्यदेवी मल्ल र मित्रलाल सार्कीले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्