५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


महिला हिंसा अन्त्यका लागि शून्य सहनशीलता अपनाउन सुझाव


0
Shares

रसुवा । रसुवाका महिला अधिकारकर्मीले महिलामाथि हुने हिंसा अन्त्य गर्न टोल र स्थानीय सरकारलाई शून्य सहनशीलता अपनाउन सुझाव दिएका छन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन रसुवाको नौकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले महिलामाथि हुने हिंसालाई सरकारले मात्र नभइ टोल र स्थानीय सरकारले समेत शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले दुर्गम स्थानमा महिलामाथि बढी हिंसा हुने गरेको भन्दै अधिकारकर्मी, स्थानीय राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर लागे हिंसाका घटना न्यूनीकरण गर्न सकिने बताए ।