राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश–७ मा १० जनाको उम्मेदवारी (नामावली) • Image Khabar Image Khabar


राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश–७ मा १० जनाको उम्मेदवारी (नामावली)


Imagekhabar
१० माघ २०७४, बुधबार १८:५२

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश–७ मा १० जनाको उम्मेदवारी (नामावली)

७ नम्बर प्रदेशका ८ सिटका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसबाट बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट, शेरीराम पार्की र छत्रराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट शेरबहादुर कुँवर, इन्दु कडरिया र कमला ओलीले उम्मेदवारी दिएका छन् । यस्तै, एमालेका महाकाली अञ्जल कमिटीका पूर्वसदस्य चक्रप्रसाद स्नेहीले पनि उम्मेदवारी दिएका छन् ।

यस्तै, माओवादी केन्द्रका तर्फबाट हरिराम चौधरी र महेशकुमार महराले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्