
निर्वाचन आयोगकाअनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक/अपांगता समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
उक्त निर्वाचनका लागि प्रदेश नम्बर–१ मा १२, प्रदेश नम्बर–२ मा ९, प्रदेश नम्बर–३ मा १७, प्रदेश नम्बर–४ मा १२, प्रदेश नम्बर–५ मा ११ प्रदेश नम्बर–६ मा १२ र प्रदेश नम्बर–७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र तोकिएको छ ।
राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता कायम गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्