Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


चितुवाको छाला र हड्डीसहित एकजना पक्राउ


0
Shares

क्षेत्रीय अनुसन्धान ५ नम्बर प्रदेश ब्यूरो कार्यालय नेपालगन्जले कालिकोट, पलाता गाउँपालिका–२ का ३४ वर्षीय कर्ण कामीलाई कैलालीको लम्कीचुहा नगरपालिका–३ पितमारीस्थित हिमशिखर होटलको कोठा नम्बर–१ बाट नियन्त्रणमा लिएको ब्यूरोका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाउने निरीक्षक सिंहले बताए ।