
काठमाडौं । विश्व मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ ।
संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० का दिन यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र संघको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।
यसैबीच विश्व मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको सर्वोच्चताविरुद्ध कुनै पनि प्रकारका गतिविधिप्रति सैह्य नहुने बताएका छन् ।
मानवअधिकार उल्लंघन हुन नदिन र मानवअधिकार उल्लघंनका दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले पीडितलाई क्षतिपूर्ति र न्याय दिलाउन पनि सरकार उत्तिकै सजग रहेको बताएका छन् ।
मानवअधिकार र संक्रमणकालीन न्यायको विषयलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
त्यसका लागि कानुनी व्यवस्था संशोधनका कार्य अगाडि बढाइने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्