Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


वर्तमान सरकारको निर्णय नयाँ सरकारले उल्टाउन सक्दैन : बालकृष्ण खाँण


0
Shares

शुक्रबार प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले नयाँ बन्ने सरकारले पनि संविधान अनुरुप नै निर्णय गर्न पाउने भन्दै वर्तमान सरकारले आवश्यकता अनुसार विभिन्न निर्णय गरेको स्पष्ट पारे । उनले सबैको सल्लाह बमोजिम नै वृद्धभत्ता लगायतका आवश्यक निर्णय गरिएको भन्दै यसले जनतालाई राहत प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले नयाँ सरकार बाम गठबन्धनकै बन्ने भन्दै नेपाली कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । उनले बाम सरकारले गर्ने रचनात्मक कार्यलाई कांग्रेसले सदैव सहयोग गर्ने स्पष्ट पारे ।

यस्तै चुनावी परिणामलाई लिएर नेतृत्व परिवर्तनका कुरा उठ्न राम्रो नभएको भन्दै सरकारका राम्रा र नराम्रा सबै कांग्रेसका नेता तथा कार्यकर्ताको जिम्मेवारी रहेको बताए । उनले अहिलेको पार्टीको ढाँचालाई बदलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने भन्दै नेतृत्वलाई पनि परिस्कृत गर्दै लैजान आवश्यक रहेको प्रष्ट पारे ।