५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


युरोपमा पुनः उडान भर्न दिन माग


0
Shares

काठमाडौं, मंसिर २३ । युरोपेली आर्थिक चेम्बर (इइसी) नेपालले युरोपेली आकाशमा राष्ट्रिय ध्वजावाहकलाई उडान अनुमति दिन आग्रह गरेको छ ।

चेम्बरको काठमाडौंमा सम्पन्न १२औं वार्षिक साधारणसभाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै नेपाली विमान कम्पनीहरुलाई युरोपमा पुनः उडान भर्न दिन माग गरेको हो ।

चेम्बरले व्यापारमा अनुकूल वातावरणका साथै पूर्वाधारमा थप लगानी, विविधता र बजारमा सजिलो पहुँच बनाइ निर्यातयोग्य वातावरण बनाउन नेपाल सरकारसमक्ष माग गरेको जनाएको छ ।