
काठमाडौं, मंसिर २३ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रण गर्न वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
प्राधिकरणले जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत्का १६ ओटा वितरण तथा ग्राहक सेवा केन्द्र प्रमुखसँग यस्तो सम्झौता गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय कार्यालय प्रमुख ओमप्रकाश महतो र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले केन्द्र प्रमुखसँग सम्झौता गरेको जनाइएको छ ।
प्राधिकरणले यसअघि नेपालगन्ज तथा सुर्खेत क्षेत्रीय कार्यालयअन्तर्गत्का वितरण केन्द्र प्रमुखसँग सम्झौता गरिसकेको छ ।
विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखेर अंकभारसमेत तोकिएको छ ।
कार्यसम्पादनको मूल्यांकन गरी उत्कृष्ट हुने शाखा प्रमुखलाई पुरस्कार र दन्डकोसमेत व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत् हालको २८.७५ प्रतिशत रहेको विद्युत् चुहावट घटाएर २२.१९ प्रतिशत कायम गर्ने लक्ष्य निर्धारण गरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्