२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


सुनचाँदीको भाउ उकालो लाग्यो


0
Shares

काठमाडौं, मंसिर २३ । आइतबार सुनचाँदीको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएर तोलाको ५९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य शुक्रबार तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५८ हजार ५०० मा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७२० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ५२ डलर हाराहारीमा कारोबार भएको थियो ।