काठमाडौं, मंसिर २३ । निरन्तर ओरालो लाग्दै आएको पुँजीबजार आइतबार भने दोहोरो अंकले सुधारियो ।
यसदिन सेयरबजार परिसूचक नेप्से ११ अंक बराबरले बढेर ११ सय ३१ विन्दुमा पुग्यो ।
आइतबारबाटै सुरु भएको पूर्णअनलाइन कारोबारको सकारात्मक प्रभाव देखिएको हो ।
कारोबार सुरुआती समयमा उतार–चढाव रहेको नेप्से मध्याह्नपछि भने उच्चदरले बढेको हो ।
यसदिन उत्पादन र वित्त समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आयो । कारोबार परिमाणमा पनि सुधार आयो ।
यसदिन १६२ कम्पनीका १३ लाख ७४ हजार कित्ता सेयर ३७ करोड ९ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्