वीरगन्ज, मंसिर २३ । वीरगन्जमा हुलाकी सडक निर्माणकाक्रममा जग्गाको मुआब्जा विवाद चर्किएको छ ।
सरकारले राजमार्गमा पर्ने निजी जग्गाको मुआब्जा समयमै उपलब्ध नगराउँदा विवादित क्षेत्रको काम अघि बढ्न सकेको छैन ।
२०७४ साल पुसमा आयोजनाका लागि पर्सामा भारतीय कम्पनीलाई निर्माणको ठेक्का दिइएको थियो ।
तर, ११ महिना बितिसक्दा पनि स्थानीय प्रतिमाचोकदेखि रामनगरीखन्डमा मुआब्जा वितरण हुन सकेको छैन ।
जग्गाको मुआब्जा नपाएसम्म सडक बनाउन नदिने स्थानीयको अडान छ । जग्गाको मुआब्जा नेपाल सरकारले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।
तर, विवादित क्षेत्रमा कति वितरण गर्नुपर्ने मुआब्जाको तथ्यांकसमेत सरकारसँग छैन ।
स्थानीयको अवरोधका कारण काम गर्न नसकेको भन्दै भारतीय कम्पनीले हात झिकेपछि सरकारले पुनः बोलपत्र आह्वान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्