कपिलवस्तु, मंसिर २३ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर–७ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
मायादेवी गाउँपालिका, सेभ द चिल्ड्रेन र लुम्बिनी एकीकृत विकास संस्थाको सहयोगमा शनिबार आयोजित कार्यक्रममा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
बालविवाहको दर ४ प्रतिशतमा झरेपछि वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडाध्यक्ष जनार्दनप्रसाद चौधरीले जानकारी दिए ।
वडामा बालविवाह न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउन सचेतना कार्यक्रमसमेत सन्चालन गरिने भएको छ ।








प्रतिक्रिया दिनुहोस्