छैटौं पटक अष्ट्रेलियन ओपन जितेसँगै ३६ वर्षीय फेडेररले कीर्तिमान चुमेका हुन् । अहिलेसम्म कुनै पनि पुरुष खेलाडीले फेडेररको कीर्तिमान भेट्टाएका छैनन् ।
टेनिस इतिहासमा महिलातर्फ मार्गरेट कोर्ट, सेरेना विलियम्स र स्टेफी ग्राफले मात्र २० बढी ग्राण्डस्लामको कीर्तिमान रचेका छन् ।
फेडेररले फाइनलमा क्रोएसियन खेलाडी मारिन सिलिचलाई हराए । फेडेरर ६/२, ६/७, ६/३, ३/६ र ६/१ ले विजयी भए ।
महिलातर्फको उपाधि भने क्यारोलिन वोज्नियाकीले जितेकी छिन् ।
फाइनलमा सिमोना हालेपलाई हराउँदै वोग्नियाकीले उपाधि जितेकी हुन् ।









प्रतिक्रिया दिनुहोस्