
आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न दिने तयारी गरेको हो ।
निर्वाचन आयोगका अनुसार दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेसम्म चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।
चुनावमा मनोनयन दर्ता गरेकाहरुले चाहेमा आज दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने आयोगले जनाएको छ ।
अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने काम सम्बन्धित प्रदेशमा स्थापना गरिएका निर्वाचन कार्यालयबाट हुने आयोगले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचित हुने छन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संबैधानिक व्यवस्था छ ।
निर्वाचित हुने ५६ मध्ये १८ जना निर्विरोध भैसकेका छन् । प्रदेश नम्बर २ बाट सबै सदस्य निर्विरोध भैसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्