५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


भ्रष्टाचारमा संलग्न कसैलाई पनि छाडिने छैनः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा संलग्नलाई कसैलाई पनि नछाड्ने दृढता व्यक्त गरेका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गर्छु भन्ने कोही नभेटिने तर भ्रष्टाचार भने नरोकिनु नै देश विकास र समृद्धिको बाधक भएको बताए ।

प्रधानमन्त्री ओलीले आफु पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने छुट पनि कसैलाई नदिने नीति लिएको भन्दै भ्रष्टाचारीविरुद्ध निर्मम ढंगबाट कारबाही अघि बढाउन आयोगलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न तल्ला तहको साथ लिने गरेको पाइएको भन्दै आफु मातहतका कर्मचारीसंग मिलेर गलत काम नगर्ने हो भने भ्रष्टाचार रोकिने विश्वास व्यक्त गरे ।

जनप्रतिनिधि, कर्मचारी र राजनीतितन्त्रले भ्रष्टाचार गर्दिन भन्ने संकल्प लिए बिचौलियाले मात्र भ्रष्टाचार बढाउन नसक्ने ठम्याई प्रधानन्त्रीको छ ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले अख्तियारले भ्रष्टाचार नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गर्न लागेको भन्दै अब योजनाहरुको सम्झौता गरेर काम नगर्ने ठेकदारहरुलाई नछोड्ने स्पष्ट पारे ।

कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मी,ट्रान्सफरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मी लगायतकाले आफुहरु भ्रष्टाचार नियन्त्रणमा सक्रियातापूर्व लागेको बताएका थिए ।