राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ सिटका लागि ५२ जना मैदानमा • Image Khabar Image Khabar


राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ सिटका लागि ५२ जना मैदानमा


Imagekhabar
१५ माघ २०७४, सोमबार १९:०६

राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ सिटका लागि ५२ जना मैदानमा

५६ सिटका लागि चुनाव हुने भएपनि २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ सिटका लागि प्रतिस्पर्धामा रहेका ५२ जनालाई चुनाव चिह्न प्रदान गरिएको हो ।

प्रदेश नम्बर–१ मा तीनजना महिला र अरु तीन गरी ६ जना निर्विरोध भइसकेका छन् भने सो प्रदेशमा दलित र अपांगता तथा अल्पसंख्यक कोटाका एक/एकजनाका लागि निर्वाचन हुनेछ ।

प्रदेश नम्बर–२ मा भने ८ ओटै सिटमा निर्विरोध भइसकेका छन् ।

यस्तै, प्रदेश नम्बर–३ मा ८ ओटै सिटमा मतदान हुनेछ भने प्रदेश नम्बर–४ मा अपांगता वा अल्पसंख्यक एक सिटमा निर्विरोध भएको छ भने सात सिटका लागि मतदान हुनेछ ।

यस्तै प्रदेश नम्बर–५ मा तीनजना महिला निर्विरोध निर्वाचित भएका छन् भने दलित एक, अपांगता वा अल्पसंख्यक एक र खुलातर्फका तीनजना गरी जम्मा पाँचजनाका लागि मतदान हुनेछ ।

प्रदेश नम्बर–६ मा सबै पदमा मतदान हुनेछ भने प्रदेश नम्बर–७ मा तीनजना महिला र तीनजना खुलातर्फका गरी ६ जना निर्विरोध भएका छन् । यहाँ दलित एक र अपांगता भएका वा अल्पसंख्यक एक गरी दुईजनाका लागि मतदान हुने आयोगले जनाएको छ ।

निर्वाचन चिह्न प्रदान गरिएकाले उम्मेदवारहरुले सोमबारैदेखि प्रचार–प्रसार सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्