
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले यही वर्षको अन्त्यसम्ममा पदबाट राजीनामा दिने बताएका छन् ।
पछिल्लो समय जोन केलीसँग सम्बन्ध विग्रँदै गएपछि राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो ।
यसअघि हेल्मण्ड सेक्युरिटी विभागको प्रमुख रहेका केलीलाई राष्ट्रपति ट्रम्पले त्यहाँबाट राजीनामा गर्न लगाएर चिफ अफ स्टाफ बनाएका थिए ।
तर अहिले उनीहरुबीच बोलचालसमेत बन्द रहेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले आगामी दुई/तीन दिनमै भावी चिफ अफ स्टाफको नाम सार्वजनिक गर्नेसमेत बताएका छन् ।
यसअघि पनि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका चिफ अफ स्टाफ परिवर्तन गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्