३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


अमेरिकी र रुसी लडाकु विमान ५ फिटको दुरीमा, ठूलो दुर्घटना टर्‍यो


0
Shares

ब्ल्याक सीमाथि सोमबार दुवै विमान निकै जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको बताइएको छ । अमेरिकी विदेशमन्त्रालयले यो घटनाको पुष्टि गरेको छ ।

रुसी अधिकारीहरुले भने यसबारे केही बताएका छैनन् ।

समाचार एजेन्सीहरुका अनुसार अमेरिकी नौसेनाको एउटा निगरानी विमानको ५ फिटको दुरीमा रुसी लडाकु विमान आएको थियो । अमेरिकाले यो घटनालाई ‘परस्पर असुरक्षित क्रिया’ भनेको छ ।

यो घटनाबारे रुसी अधिकारीहरुसँग छलफल गरिने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी विमानले आफ्नो मार्ग परिवर्तन गरेपछि रुसी लडाकु विमान पनि फर्किएको बताइन्छ । (एजेन्सी)