Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


वीरेन्द्रनगर औद्योगिक क्षेत्रले अपेक्षित गति लिन सकेन, विकास र विस्तारमा समस्या


0
Shares

-मानबहादुर वली/हेमन्त कंडेल(ईमेज)

सुर्खेत । कर्णाली प्रदेशस्थित वीरेन्द्रनगर औद्योगिक क्षेत्रको विकास र विस्तारमा समस्या देखिएको छ ।

कच्चा पदार्थको कमी, अनियमित विद्युत् आपूर्ति  र  पर्याप्त जग्गाको अभावमा औद्योगिक क्षेत्रले अपेक्षित गति लिन नसकेको हो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्रनगर औद्योगिक क्षेत्र ९० रोपनी क्षेत्रफलमा अवस्थित छ ।

जसअन्तर्गतका विभिन्न उद्योगमा अहिले करिब ३ सय जनाले रोजगारी पाइरहेका छन् ।

तर नियमित विद्युत आपुर्ति नहुँदा उद्योग व्यवसाय धराशायी बन्न थालेका छन्् ।

वस्तीमा जडान गरिएको प्रशासरण लाइनबाट नै यस क्षेत्रमा विद्युत आपुर्ति भइरहेको छ ।

कर्णाली प्रदशेशको एकमात्र औद्योगिक क्षेत्रका रुपमा रहेको यस औद्योगिक क्षेत्रमा विद्युत प्राधिकरको अनियमित लोडसेडिङले समस्या भइरहेको व्यवसायी रामशरण काफ्ले बताउँछन् ।

लोडसेडिङको कारण मेसिनहरुमा पनि क्षति पुगेको छ भने कतिपय उद्योग बन्द नै भइसकेका छन् ।

सामान्य हावापानी र चर्को घामको कारणबाट पनि लोडसेडिङ भइहाल्ने वीरेन्द्रनगरमा यो समस्या पहिलेदेखिकै हो ।

तर यो समस्या समाधान गर्ने  कुनै सुरसार देखिँदैन ।  वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा सरकारी एक करोड ४४ लाख र नीजि क्षेत्रको पाँच करोड लगानी छ ।

विभिन्न प्रकृतिका उद्योगहरुले अनियमित विद्युत आपूर्तिको कारण समस्या झेल्नुपरेको वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीव नारायण बन्जाडेको गुनासो छ । 

उद्योगका लागि १३३ केभिए लाइन विस्तार हुनुपर्ने भएपनि सुर्खेत कोहलपुर विद्यूत लाइनमा ठूलो प्रशारण लाइनको व्यवस्था हुन सकेको छैन ।

यता विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख सुरज भण्डारी भने राष्ट्रिय निकुञ्ज हुँदै विद्युत लाइन आएकाले विद्युत आपूर्तिमा समस्या भएको बताउँछन् ।

हरेक ठाउँमा हुन्छन् तर ती समस्या पहिचान गरी निकास दिनु व्यवस्थापकीय जिम्मेवारी पनि हो । अपर्याप्त जग्गा, कच्ची सडक र अव्यवस्थित कम्पाण्डका कारण यसको विकास विस्तारमा समस्या भइरहेको छ ।

सरकारले कम्तीमा एउटा प्रदेशमा एक औद्योगिक क्षेत्र विकासको योजना पनि घोषणा गरिसकेको छ ।

तर भएका औद्योगिक क्षेत्रको व्यवस्थापन गर्न नसक्नुले त्यसको औचित्यमा प्रश्न चिह्न भने उठाएको छ ।