काठमाडौं, मंसिर २२ । नेपाली क्रिकेटको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले गठन गरेको स्वतन्त्र समितिले दुई महिनाको कार्यतालिका बनाएको छ ।
आइसीसीका उपाध्यक्ष इमरान ख्वाजासहित शनिबार काठमाडौं बसेको स्वतन्त्र समितिको बैठकले आगामी फेब्रुअरी २४ सम्म सबै विवाद समाधान गर्न समयसीमा तोकेको हो ।
तोकिएको समयभित्र सबै काम पूरा भए आगामी अप्रिलमा नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयनको निर्वाचन हुनसक्ने स्वतन्त्र समितिमा रहेका एक सदस्यले जानकारी दिए ।
बैठकले विशेषगरी अदालतमा विचाराधीन क्यानको मुद्दा फिर्ता तथा जिल्ला निर्वाचनकोे प्रमाणीकरणको काम सक्न समय तालिका बनाएको छ ।
आइसीसी स्वतन्त्र समितिमा राष्ट्रिय खेलकुद परिषदका तर्फबाट एलबी क्षत्री र निलम्बित क्यानबाट ठाकुरप्रताप थापा सदस्य छन् ।
काठमाडौंमा दुई दिन बस्ने भनिएको आइसीसी स्वतन्त्र समितिको बैठक शनिबार एकै दिनमा सकिएको छ ।
स्वतन्त्र समितिले फेब्रुअरीमा आइसीसीको बोर्ड बैठक बस्नुअघि नै नेपालको विवाद समाधान गर्न दुईमहिने कार्यतालिका बनाएको हो ।








प्रतिक्रिया दिनुहोस्