काठमाडौं, मंसिर २२ । उच्चशिक्षामा कृषिशिक्षालाई अनिवार्य गर्नुपर्ने माग कृषिविज्ञहरुले गरेका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी कृषिविज्ञहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा उच्चशिक्षामा कृषिशिक्षालाई अनिवार्य गरिनुपर्ने सुझाव दिन पनि आग्रह गरे ।
कृषिशिक्षालाई व्यावहारिक र औपचारिक विषयवस्तु बनाइनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
संस्कारसहितको शिक्षा, माटो बचाउने शिक्षा, उत्पादनसँग जोड्ने शिक्षा र जीविकोपार्जनसँग जोड्ने शिक्षा पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने उनीहरुको भनाइ छ ।
उनीहरुले प्रत्येक वर्ष ६५ अर्ब ९० करोड रुपैयाँ बराबरको कृषिजन्य सामाग्री आयात भइरहेको भन्दै कृषिको व्यवसायीकरणमा जोड दिन पनि आग्रह गरे ।









प्रतिक्रिया दिनुहोस्