२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ऊर्जा र सिँचाइको विकास प्राथमिकतामा : मन्त्री पुन


0
Shares

जनकपुर, मंसिर २२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा र सिँचाइको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

शनिबार जनकपुरमा नेकपा संसदीय दलद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले ऊर्जा र सिँचाइको विकासलाई सरकारले तीव्रता दिने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले स्वीकार गरेको संघीयतालाई अंगीकार गर्दै अघि बढनु नै अहिलेको विकल्प रहेको बताए ।