दाङ, मंसिर २२ । दाङमा यो वर्ष धान उत्पादन बढेको छ ।
गत वर्षको तुलनामा चार प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतले यो वर्ष एक लाख ६८ हजार ५८ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिए ।
अनुकूल मौसम, रासायनिक मलको सहज आपूर्ति, उन्नत जातको बीउ–बिजन, रोग–किरा नलाग्नुजस्ता कारणले उत्पादन बढेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्