काठमाडौं, मंसिर २२ । नेपाल निर्माण व्यवसायी महासंघले ११औं राष्ट्रिय निर्माण दिवस मनाएको छ ।
निर्माण दिवसको अवसरमा महासंघले शनिबार काठमाडौंमा प्रभातफेरी निकाल्यो ।
‘गुणस्तरीय निर्माण, व्यवसायीको दायित्व, पेसागत चुनौती, हकहितको स्थायित्व’ भन्ने नाराका साथ निकालिएको प्रभातफेरी काठमाडौंका विभिन्न स्थानको परिक्रमापछि अनामनगरमा पुगेर टुंगिएको थियो ।
प्रभातफेरी समापन कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले समृद्ध नेपालको सपना पूरा गर्ने दायित्व व्यवसायीहरुको भएको बताए ।
उनले निर्माण क्षेत्र सरकारको नजरमा नपरेको भन्दै निर्माण क्षेत्रमा लगानी बढाउन सरकारलाई आग्रह गरे ।
आर्थिक गतिविधि चलायमान बनाउने वातावरण सरकारले बनाए व्यवसायीहरु लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्