४ असार २०८२, बुधबार | Wed Jun 18 2025


फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या


0
Shares

क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले विहीबार विहान आत्महत्या गरेको क्यूबाको सरकारी पत्रिका ग्रान्माले जनाएको छ ।

६८ वर्षका एन्जलले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनमा परेको जनाइएको छ ।

केही समय अस्पतालमा राखेर उपचार पनि गरिएको उनलाई पछिल्लो समय चिकित्सकको समूहले घरमै उपचार गर्दै आएका थिए ।

चिकित्सकको निगरानीमै रहेका बेला आत्महत्या गरेका उनी फिडेलीटोको नामबाट चर्चित थिए ।

तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणविक भौतिक शास्त्री हुन् ।

उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।(एजेन्सी)