Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


तिलोत्तमा नगरपालिकाले थाल्यो स्थानीय कानुनको अभ्यास


0
Shares

संविधानको अनुसूची ८ मा स्थानीय तहमा राखिएका अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरपालिकाले स्थानीय कानुनको अभ्यास सुरु गरेको हो ।

नगरपालिकाको दोस्रो नगरसभाले विभिन्न ऐन, नियमावली पारित गरिसकेको छ । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा माघ ८ गतेमा शुरुभएर १४ गते सकिएको थियो ।

नगरसभाले शिक्षा, सहकारी, कृषि प्रवद्र्धनलगायतका विभिन्न ऐन तथा नियमावली पारित गरेको हो ।

नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको ढाँचामा संघीय कानुनसँग नबाझिने गरी स्थानीय कानुन बनाएको हो ।

नेपालको संविधान २०७२ को अनुसुची ८ मा स्थानीय तहको २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची उल्लेख छ ।

नगरपालिकाले मदिरा बिक्री वितरण नियमन सम्बन्धी मापदण्ड, ल्याण्ड पुलिङसम्बन्धी मापदण्ड, पशु बीमा अनुदान सम्बन्धी कार्यविधि, बाली संरक्षण राहत कोष संचालन निर्देशिका, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनसम्बन्धि मापदण्ड, प्लाष्टिकका झोलामुक्त नगरपालिका घोषणा सम्बन्धी मापदण्ड, तिलोत्तमा नगर प्रमुख दैवी प्रकोप राहत कोष संचालन निर्देशिका निर्माणको क्रममा रहेको जनाएको छ ।