३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


भारतमा रेलको ठक्करबाट चार महिलाको मृत्यु


0
Shares

सडकमा सँगसँगै हिँडिरहेका पाँचजनामध्ये एकजना घाइते भएको जनाइएको छ ।

पटनाबाट १३४ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको कचारी रेल स्टेसननजिकै सो दुर्घटना भएको हो ।

रेलको पटरीबाट बाटो पार गर्न लागेका पाँच महिला सो दुर्घटनामा परेका र तीमध्ये चारको भने दुर्घटनास्थलमा मृत्यु भएको बताइएको छ ।

ती महिला गोपालगन्ज क्षेत्रका स्थानीय वासिन्दा हुन् । यस घटनामा घाइते भएकी एक महिलालाई तत्कालै उपचारका लागि पटना अस्पतालमा पठाइएको छ ।

भारत सरकारले सन् २०१५ मा पाँच वर्षको समयावधिमा नयाँ रेलमार्गको निर्माण गरी द्रुतगति र आधुनिक रेलसेवाका लागि १३७ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

भारत विश्वको तुलनामा रेलसेवा सन्जालमा तेस्रो देशमा पर्दछ । भारतमा दुई करोड ३० लाख व्यक्तिले दैनिकरुपमा रेलमा यात्रा गर्ने गर्दछन् । रासस/सिन्ह्वा