Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


ठोरीमा तामाङ समुदायको होमस्टेमा रमाउन थाले पर्यटक


0
Shares

-अनिल तिवारी/ईमेज

वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा तामाङ समुदायले होमस्टे सञ्चालनमा ल्याएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गरी सञ्चालन गरेको होमस्टेमा स्वदेशी र विदेशी पर्यटक रमाउन थालेका छन् ।

स्थानीय खाना र संस्कृति प्रदर्शनका कारण होमस्टे धेरैका लागि आकर्षण बन्दै गएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जको आसपासमा रहेको  तामाङवस्तीका स्थानीयले सञ्चालन गरेको होमस्टे प्रदेश नम्बर २ कै पहिलो होमस्टे हो  ।

सुगम जिल्ला पर्साको दुर्गम गाउँ सुर्वणपुरका तामाङहरुको सांस्कृतिक नृत्यमा विदेशी तथा स्वदेशीहरु रमाउन थालेका छन् ।

अतिथि देवो भवः भन्ने भावनाका साथ संचालित यस होमस्टे १० घरबाट बढदै  १४ घरसम्म विस्तारित भएको छ जहाँ सदरमुकाम वीरगंजलगायत पोखरा, हेटौंडा, काठमाडौं, चितवन क्षेत्रका स्वदेशी पर्यटकहरु आउन थालेका छन् ।

पर्सा रािष्ट्रय निकुञ्जका पर्यटकको सेवा सुविधालाई लक्षित गरी होमस्टे संचालन गरेको  होमस्टे समितिका अगुवा भीमबहादुर पाख्रिनको भनाइ छ ।

भर्खरै सञ्चालनमा आएको हामेस्टेमा स्वदेशी र विदेशी पाहुनाको चहलपहलल बढ्न थालेको छ ।

तामाङ संस्कार संस्कृति र रहनसहनलाई नजिकबाट नियाल्न तथा निकुञ्जका वन्यजन्तु र बनस्पतिको अनुसन्धानका लागि पर्यटकहरु आउने गर्दछन् ।

पहिले पाहुनालाई  खाने, बस्ने राम्रो सुविधा नहुँदा असहज भएपनि अहिले भने होमस्टेले धेरै सुविधा प्रदान गरेको छ ।

होमस्टे सञ्चालकले आगन्तुकलाई वरपरका चर्चित स्थानहरुको भ्रमण गराउनेदेखि जंगल सफारीको समेत सेवा दिने योजना बनाएका छन् ।

विदेशी अतिथिरुलाई सेवा प्रदान गर्दा राम्रो कमाइका साथै सांस्कृतिक पक्षको जानकारी दिन पाइने भएको हुँदा अझ रमाइलो लाग्ने होमस्टे सञ्चालिका धनमाया तामाङको धारणा छ ।

होमस्टेमा पाहुनालाई टिकामालासहित स्वागत गर्ने र भावपूर्ण विदाइ गर्ने समेत चलन रहेको छ ।

जमिन खरिद तथा भवन निर्माणका लागि तारा गाउँ विकास समितिले पहिलो पटक ४ लाख १० हजार र चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतको ताल कार्यक्रमले ५ लाख गरी ९ लाख १० हजार रुपैयाँ सहयोग गरेको छ ।

स्वदेशी तथा विदेशी रमाउने यस होमस्टेले पर्यटकलाई आकर्षित गर्नेमा स्थानीय विश्वस्त देखिन्छन् ।