५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु


0
Shares

बैतडी । भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् ।

दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिए ।

मोटरसाइकलामा पछाडि बसेका घाइते दोगडाकेदार–२ का वीरेन्द्र विष्टलाई तमिलनाडुबाट थप उपचारका लागि बैङ्लोर लगिएको छ । रासस