
काठमाडौं, कालीमाटी –१३ को टंकेश्वरमा बसोबास गर्दै आएकी ६५ बर्षीया कान्छिमाया श्रेष्ठ चारदिन अघिदेखि हराएपछि छोरा सोम श्रेष्ठ र उनका दाजुहरु आमाको खोजी गरिदिन हारगुहार मागिरहेका छन् ।
कालिमाटी चोकमा तरकारी ब्यापार गर्दै आएकी श्रेष्ठ आफु बस्दै आएको टंकेश्वरबाट चार दिन अघि दिउसो ३ बजेतिर घरबाट चोकसम्म जाने भनेर निस्किएकी थिइन ।
‘आमा घर नफर्किनुभएको चार दिन वित्यो, अहिलेसम्म अत्तोपत्तो छैन,’ कान्छा छोरा सोमले भने । खोजीका लागि प्रहरीमा पनि निवेदन दर्ता गराइएको छ ।
पर्सा जिल्लाको निर्मलबस्ती–८ मा जन्मिएकी श्रेष्ठ ४ फिट ७ इन्च अग्ली छिन् । सामान्य चाउरी परेको उनको अनुहारको बाँयापट्टी मासु पलाएको छ ।
‘तरकारी बेचेर अलिअलि गहना जोड्नु भएको थियो, गहना लगाएर हिंडडुल गर्नुहुन्थ्यो,’ सोमले भने, ‘बेला बेला बिर्सिने बानी चाहिं थियो आमाको ।’
तीन छोरा र दुई छोरीकी आमा कान्छिमाया र श्रीमान विर्ख बहादुर टंकेश्वरमा बसेर बर्षौ अघिदेखि तरकारी ब्यापार गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्