
काठमाडौं, मंसिर २१ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रलाई एक हुन आग्रह गरेका छन् ।
निजी क्षेत्रको समस्या समाधानका लागि निजी क्षेत्रलेमात्रै नसक्ने भन्दै उनले एक ठाउँमा उभिन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।
निजी क्षेत्रको सुरक्षामा राज्यको भूमिका महत्वपूर्ण हुने भन्दै उनले निजी क्षेत्रलाई एकीकृत हुन आग्रह गरे ।
शुक्रबार राजधानीमा नेपाल आर्थिक पत्रकार संघको कार्यक्रममा अर्थमन्त्रीले पत्रकारलाई जिम्मेवार र कर्तव्यनिष्ठ हुन पनि आग्रह गरे ।
पत्रकारले प्रतिपक्षकोजस्तो भूमिका निर्वाह गर्न नहुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्