काठमाडौं, मंसिर २१ । सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा आगामी माघमा राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी कुल १० टिमका १४० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने आयोजक गणेशमान सिंह प्रतिष्ठानले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।
प्रतियोगिताका लागि आगामी पुस २८ गतेदेखि प्रदेशस्तरीय छनोट हुनेछ । मुख्य प्रतियोगिता माघ २२ गतेदेखि काठमाडौंको वसन्तपुरमा हुनेछ ।
प्रतियोगिताका लागि झन्डै ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदले ५० लाख रुपैयाँ दिनेछ भने बाँकी रकम आयोजकले विभिन्न प्रायोजक एवं दाताहरुबाट जुटाउनेछ ।








प्रतिक्रिया दिनुहोस्