५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


प्रादेशीक राजधानी माग गर्दै वीरगन्ज बन्द, भारतीय गाडी तोडफोड


0
Shares

वीरगन्ज, माघ २१ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा आज बस्ने पहिलो प्रदेशसभा बैठकलाई दबाब दिन वीरगन्जबासीले वीरगन्ज बन्द आह्वान गरेका छन् ।

बन्दकर्ताले बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन ।

वीरगन्जको घण्टाघर, मुर्ली चोक, पावर हाउस, बाइपासलगायतका ठाउँमा टायर बालेर स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघरमा बन्दकर्ताले एउटा भारतीय नम्बरको गाडीसमेत तोडफोड गरेका छन् ।

बन्दका कारण यातायात, बजार र शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् ।

वीरगन्ज राजधानी संघर्ष समितिले प्रादेशिक राजधानी वीरगन्ज हुनुपर्ने माग राख्दै विगत ३२ दिनदेखि रिले अनशन गरिरहेको छ ।

birjung3