
४० वर्ष यता उनको जीवन छेवैमा वगेको माइखोला कै किनारामा बालुवा खेलाउँदै वितिरहेको छ । माइखोलाको पानी जसरी उनको उमेर पनि संगसंगै बगिरहेको छ ।
वि.स. २०३४ सालमा धनकुटाबाट इलाम आएका उनी पछिल्लो २० वर्ष यता धनकुटा गएकै छैनन् । आराम गरेर विताउने समयमा पनि दोर्जे दैनिक गिट्टी र बालुवा खेलाउन मै वित्छ ।
मेची राजमार्ग छेवैमा माइखोलाको किनारामा खोलाले बगाएर ल्याएको बालुवा मुस्किलले एक ट्रयाक्टर बनाउँदा १२ सय रुपैयामा विक्री हुन्छ । एक ट्रयाक्टर बालुवा भेला पार्न उनलाई झन्डै एक महिना लाग्छ ।
त्यहि १२ सय मासिकमा दिनभरीको श्रम बेच्ने उनलाई काम गर्दागर्दै दिन र रात पनि थाहा हुँदैन । बर्खामा भेल र वाढीले उनको यहि पेशा पनि धरापमा पर्छ । बर्खामा खाएको पनि हिउँदकै कमाइले धान्नु पर्ने उनको भनाई छ ।
बिहे गरेपनि ‘जायजन्म’ नभई श्रीमतीको मृत्यु भएपछि कान्छी भित्र्याउने आँट गरेनन् दोर्जेले ।
मरेपछि गरिने मृत्यु संस्कारको त कुरै छाडौँ जिवितै रहँदा सामान्य विरामी हुँदा समेत तातो पानी तताएर दिने सहारासम्म छैन उनको ।
पाको शरिर, चाउरी पर्दै गएको छाला, तागत सकिंदै गएर होला काम गर्दै गर्दा पनि हात गोडा थर्थर कामीरहेका हुन्छन् । सरकारले ७० वर्ष उमेर पार गरेका मानिसलाई बृद्धभत्ता उपलब्ध गराउने गरेको छ ।
तर उनले बृद्धभत्ता त के आफन्तको ठेगाना नभएपछि नेपालको नागरिकता सम्म पाएका छैनन् । पुख्र्यौली घर धनकुटा भएका उनी धनकुटामा रहेका पुर्खाहरु पनि कहाँ छन् आफुलाई जानकारी नभएको वताउँछन ।
जिल्ला प्रशासन कार्यालय इलाममा नागरिकता बनाउन जाँदा धनकुटा नै गरेर बनाउनु भन्ने जवाफ आए पछि आफन्तको ठेगाना नभएकाले नागरिकता नै बनाउन नसकेको गुनासो राखे ।
खोलाकै छेउमा परालले बारेको अनी कर्कटपाता बाँधेर छानो अड्याएको छाप्रो हालेर बसेका उनको चिसो रात खोलाको स्याठसंगै वित्ने गरेको छ ।
माघको जाडोमा पनि ढोका नै नभएको छाप्रोमा जिविको पार्जन गरिरहेका उनी पकाएर खाने सन्तुलित भोजनको त कुरै छाडौँ आज पेटभरी खाए भरेको छाक कसरी खाने भन्ने चिन्ता हुन्छ ।
छाप्रोकै छेउमा पकाएर खाने गोठ (भान्सा घर) छ उनको । त्यो पनि सामान्य हावाहुरी आए उडाएरै लैजान्छ । भत्किएको किचन पनि काठ र बाँसको टेको दिएर अडिएको छ ।
निजामती कर्मचारी वा शिक्षकको जागिर भइ दिएको भए उमेरको हदबन्दी लाग्ने उमेर पार गरिसके दोर्जेले । तर सरकारले उपलब्ध गराउने बृद्धभत्ता नै पाएका छैनन् ।
जनप्रतिनिधि चुनिए, गाउँगाउँमा सिंहदरबार पुगेको वताउने सरकारले यस्ता ब्यक्तिको उद्धार त के खोजीसम्म गरेको छैन ।
‘आफैँ लाउँ, आफैँ खाउँ अनी आफैँ कमाउँ’ भन्ने सोच राख्ने समाजमा मानविय संवेदना हराउँदै गएको हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्