
बेनिन तटबाट चालक दलका २२ भारतीय नागरिकसहितको ट्यांकर बेपत्ता भएको हो । पनामा पंजीकृत मरिन एक्सप्रेस नामको सो ट्यांकर गत बिहीबारदेखि सम्पर्कविहीन बनेको हो ।
अनुकूल मौसमका बावजुद ट्यांकर बेपत्ता भएपछि त्यसलाई लुटेराले कब्जामा लिएको हो कि भन्ने आशंका गरिएको छ ।
यसअघि पनि सोही इलाकामा इन्धन बोकेका ट्यांकरलाई लुटेरा समूहले निशाना बनाउँदै आएका थिए ।
बेपत्ता ट्यांकरमा १३ हजार ५ सय टन पेट्रोलियम पदार्थ रहेको बताइएको छ । बेपत्ता ट्यांकरको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्