 
	    निमार्णकार्य सम्पन्न गरिएको सडकलाई सुन्दर र हरियाली बनाउने उद्देश्यअनुरुप ‘ग्रीन बेल्ट’मा फूलबारी निर्माण गरिएपछि निकै आकर्षक देखिएको छ ।
बुटवल वडा नम्बर–१० र ११ को कालिकानगर क्षेत्रका स्थानीय टोल समितिको सक्रियतामा विभिन्न पार्कहरु निर्माण गरी हरियाली फूलबारी बनाइएको छ ।
फूलवारी निर्माण गरिएपछि उक्त क्षेत्र निकै सुन्दर देखिएको छ । स्थानीयको अग्रसरतामा निर्माण गरिएको फूलबारीको संरक्षण पनि स्थानीयले नै गर्ने गरेका छन् ।
स्थानीयले आफ्नो घरअगाडि सडकको भाग फूलबारी तथा करेसाबारीकोरुपमा विकास गरिहेका छन् । उनीहरुले लगाएको फूलबारी तथा तरकारीबारीमा आफैंले खनखोरसदेखि पानी हाल्ने काम गरेका छन् ।
‘ग्रिनरी जोन’मा निर्माण गरिएको फूलबारीमा एकै प्रकारका फलामे पाइप र जालीले सुरक्षा प्रदान गरिएको छ । फूलबारीमा लगाइएका बोटबिरुवाहरुको संरक्षण र रेखदेखका लागि विभिन्न तीन स्थानमा सीसीटीभी क्यामेरासमेत जडान गरिएको छ ।
६ लेन सडकलाई फूलबारीसहितको नेपालकै नमुना हरियाली सडक बनाउन रकम विनियोजन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले वडा नम्बर–१० र ११अन्तर्गतको ६ लेन सडक क्षेत्रलाई हरियाली बनाउनका लागि ३० लाख रुपैयाँ खर्च गरिने गरी बजेट विनियोजन गरिएको बताए ।
आगामी चैत महिनाभित्र उपमहानगर क्षेत्रभित्र पर्ने ६ लेन सडकको सबै किनारमा हरियाली र आकर्षक फूलबारी निर्माण हुने उनले बताए ।
उनले हरियाली प्रवद्र्धनका लागि आर्थिक सहयोगक उपमहानगरपालिकाले उपलब्ध गराउने उल्लेख गर्दै बिरुवाहरुको सम्बद्र्धन र संरक्षणको जिम्मा स्थानीयले लिनुपर्ने बताए ।
कालिकाचोक टोल समितिकी अध्यक्ष सकुन्तला पुनले हाललाई कालिका हरियाली फूलबारीमा १५० ओटा बिरुवाहरु लगाइएको जानकारी दिइन् ।
ठूला बिरुवाहरुकाबीचमा सयपत्री, गोदावरी, डालियालगायतका मौसमी फूलका बिरुवा लगाएर हरियालीसँगै आकर्षक बनाइने योजना रहेको उनले बताए ।










 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्