ध्रुव भट्टराई/ईमेज
विराटनगर । मोरङ र सुनसरीसहितका पूर्वी जिल्लाहरुमा रासायनिक मलको अभाव देखिएको छ ।
नयाँ बाली लगाउने चटारो चलिरहेका बेला पर्याप्त मल नपाउँदा किसान चिन्तित बनेका छन् । तर कृषि मन्त्रालय भने मल अभाव नभएको दाबी गर्दछ ।
भर्खरै धान थन्काएर सकिसकेका किसानहरुलाई यतिबेला गहुँ छर्ने चटारो चलिरहेको छ । तर बीउ र मलको अभाव खट्किरहेको हुँदा किसानहरु चिन्तित छन् ।
धान रोप्ने सिजनमा आवश्यक पर्ने युरिया अभाव झेलेका मोरङका किसानहरु यतिबेला गहुँको बिउ गहुँ छर्ने समयमा डीएपी मलको आवश्यकता पर्ने भएपनि मागअनुसार मल आपूर्ती हुन नसककेको मोरङको जहदा गाउँपालिका ३ का किसान परशुराम चौधरीको गुनासो छ ।
सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मलको आयात र विक्री वितरण गर्दै आएको छ ।
तर, मल आयात र विक्री गर्ने यी संस्थानहरुले आवश्यकताअनुसार मल आपुर्ति गर्न सकिरहेको स्थिति छैन ।
दैनिक १ सयभन्दा बढी बोरा डीएपी मल विक्री हुने ठाउँमा कम्पनीले हप्तामा सय बोरामात्रै उपलब्ध गराएको मल बिक्री केन्द्र कटहरीका प्रमुख राजु राजवंशी बताउँछन् ।
यता प्रदेश १ का कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादव भने प्रादेशिक मल नीति बनाउने तयारी भइरहेको र पछिल्लो समय त्यति धेरै मलको अभाव नभएको दाबी गर्छन् ।
एकातिर कृषिलाई व्यवसायिक, आधुनिक र निर्यातमुखी बनाउने लक्ष्य हुनु र अर्कोतिर किसानहरुलाई आधारभूत कृषि सामग्रीमै किसानहरु उदास हुनुपर्ने बाध्यता आफैंमा हास्यास्पद छ ।









प्रतिक्रिया दिनुहोस्