२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


चूडामणि शर्माको घरमा तोडफोड


0
Shares

मंगलबार दिउँसो अज्ञात समूहले बूढानीलकन्ठ–२ रुद्रेश्वरमा रहेको शर्माको घरमा गरेको ढुंगामुढाबाट घरमा सामान्य क्षति पुगेको हो ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकन्ठका प्रमुख एवं प्रहरी निरीक्षक शेरबहादुर चन्दले ३०/४० जनाको समूहमा आएको समूहले शर्माको घरमा ढुंगामुढा गरेको बताए ।

प्रमुख चन्दले ढुंगामुढा गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

सोही स्थानमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी लेखिएको पर्चासमेत भेटेको छ । रासस