झापाको बिर्तामोड बजारमा सिसी क्यामराबाट निगरानी सुरु • Image Khabar Image Khabar


झापाको बिर्तामोड बजारमा सिसी क्यामराबाट निगरानी सुरु


Imagekhabar
२४ माघ २०७४, बुधबार ०९:०१

झापाको बिर्तामोड बजारमा सिसी क्यामराबाट निगरानी सुरु

चारपाने चोकबाट क्यामरा राख्न सुरु गरिएको हो । बिर्तामोड २ मा मात्र १५ वटा क्यामरा राखिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पहिलो चरणमा बिर्तामोड १ देखि ५ नम्बर वडाका सडकमा सिसी क्यामरा जडान गरिने कोइरालाले जानकारी दिए ।

केहि महिना अघि बिर्तामोडमा भएको आन्दोलनका क्रममा मुक्ति चोकमा राखिएका सिसी क्यामरा आन्दोलनकारीले फुटाएका थिए ।

बिर्तामोडमा अहिले चार वटा मात्र क्यामेरा रहेको ६० वटा पु¥याइने कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्