२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


प्रदेश–४ मा मतदान सकियो


0
Shares

बुधबार बिहान १० बजे सुरु भएको मतदान दिउँसो साढे १२ बजे नै सम्पन्न भएको हो ।

३ बजेसम्म मतदान चल्ने बताइएपनि साढे १२ भित्रै मतदान सम्पन्न भएको जनाइएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशमा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी १७० जना तथा प्रदेशसभा सदस्य ६० गरी २३० जना मतदाता रहेका थिए । जसमा दीपक मनाङेबाहेक २२९ जनाले नै मतदान गरेका छन् ।

लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा भएको निर्वाचनमा स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको थियो ।

मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणना सुरु गर्ने गरी तयारी गरिएको छ ।