२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


प्रदेश–४ मा दीपक मनाङे अनुपस्थित, क्रियापुत्रीद्वारा मतदान (भिडियो)


0
Shares

मतगणनाको अन्तिम परिणाम भने बिहीबारसम्म आउने जनाइएको छ ।

पोखराको सहिदचोकस्थित लोकसेवा आयोगको परीक्षा भवनमा बुधबार भएको मतदान मध्याह्न साढे १२ बजे नै सकिएको हो ।

मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएपनि साढे १२ मै मतदान सकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रदेश–४ बाट प्रदेश सदस्य एवं गाउँ र नगरपालिकाका प्रमुख–उपप्रमुख गरी २३० जना मतदाता भएपनि २२९ जनाले मतदान गरे । मनाङबाट निर्वाचित दीपक मनाङे भने अनुपस्थित रहे । मनाङे शपथग्रहणमा पनि अनुपस्थित रहेका थिए ।

११औं दिनको क्रियापुत्री पर्वत, व्यादी गाउँपालिकाका कमल भुसालले पनि मतदानमा भाग लिए ।

यसअघि, अपांगता कोटाबाट नेपाली कांग्रेसका प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन् । उनको प्रतिस्पर्धामा रहेका वाम गठबन्धनका एमाले उम्मेदवार रामबहादुर थापाको अपांगता योग्यता नपुगेपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो ।

वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका दीनानाथ शर्मा, महिलातर्फ एमालेकी दीपा गुरुङ, शान्ति अधिकारी र दलिततर्फ खिमकुमार बिक छन् ।

त्यसैगरी, कांग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे, महिलातर्फ विन्दादेवी रानामगर र दलिततर्फ जितबहादुर नेपाली छन् ।

खुलातर्फ राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी र महिलातर्फ मीना पुन पनि उम्मेदवार छन् ।

राष्ट्रियसभामा एक प्रदेशसभा सदस्यको मतभार ४८ तथा गाउँ÷नगरपालिकाको मतभार १८ रहनेछ । जसअनुसार कुल १ हजार ४८६ मत रहने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

निर्वाचनमा सहभागी गाउँपालिकाका प्रमुख र उपप्रमुखले भने राष्ट्रियसभाले राष्ट्रको हितका लागि काम गर्ने विश्वास व्यक्त गरे ।

निर्वाचित जनप्रतिनिधिहरुले दलभन्दा माथि उठेर देशको नीति–निर्माणमा सही सल्लाह र सुझावसमेत दिने अपेक्षा उनीहरुको छ ।

भिडियो हेर्नुहोस्