१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


सरकारप्रति लगानीकर्ताको विश्वास घटेर नेप्से घट्यो : अर्याल


0
Shares

काठमाडौं, मंसिर २० । जनताको आकांक्षाअनुसार सरकार बनेपनि सरकारले सोअनुरुपको काम नगरेको भन्दै सेयर लगानीकर्ताले गुनासो गरेका छन् ।

सरकारप्रति लगानीकर्ताको विश्वास घट्नु नै पुँजीबजार ओरालो लाग्नुको मुख्य कारण रहेको उनीहरुको भनाइ छ ।

बजारमा लगानीयोग्य रकमको अभाव हुँदै जानु र बैंकहरुको ब्याजदरले पुँजीबजारलाई थप प्रभावित बनाएको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन् ।

सरकारले ‘मार्जिन लेन्डिङ’लगायतका विषयमा पहिलेकै व्यवस्था लागू गरेमात्र सेयर बजारमा देखिएको समस्या न्यून हुने उनको भनाइ छ ।

अनलाइन प्रणालीले कारोबार सकारात्मक बनाउदै लैजाने भएकाले अबका दिनमा सेयरबजार विस्तारै सुध्रने विश्वास व्यक्त गर्दै उनले लगानीकर्तालाई मनोबल बढाइ धैर्यधारण गर्नका लागि आग्रहसमेत गरेका छन् ।