काठमाडौं, मंसिर २० । धितोपत्र बजारमा ‘सेक्युरिटिज डिलर’लाई प्रवेश गराउने सम्बन्धमा नेपाल धितोपत्र बोर्डले नेप्सेसँग जानकारी माग गरेको छ ।
अनलाइन कारोबार प्रणाली सुरु गरिसकेको परिप्रेक्ष्यमा धितोपत्र बजारमा बजार निर्माता/डिलरलाई प्रवेश गराउन भइरहेको तयारीको सम्बन्धमा बोर्डले नेप्सेसँग जानकारी माग गरेको जनाएको हो ।
धितोपत्रको खरिद तथा विक्री दुवै मूल्यअंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा बिक्री गरी बजार निर्माता/डिलरले बोर्डले तोकेको व्यवस्थाअनुसार कारोबार गर्न तथा धितोपत्रको ‘अन्डरराइटिङ’समेत गर्ने गर्दछ ।
धितोपत्र बजारमा बजार निर्माता/डिलरको प्रवेशले धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो भइ पुँजी बजारको गतिशील विकासमा सहयोग हुने बोर्डको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्